नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्यालीसहित टुरको सुरुआत गरेको हो ।
राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार राइड फर राइनोज नाम दिइएको उक्त र्याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्सचोक, सिएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न गरिन लागिएको हो ।
सो अवसरमा चितवन राइनोजका रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा प्रस्तुत भएका थिए । त्यस्तै चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र नायिका निति शाहलाई राइनोजले नयाँ अनुहारका रूपमा टिममा समावेश गरी ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको छ ।

नारायणगढ (चितवन), ४ कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत चितवनमा मङ्गलबार फ्रेन्चाइज टिम चितवन राइनोजले ट्रफी अनावरण गरेपश्चात् सामूहिक तस्बिरमा राइनोज टिम । सो अवसरमा चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र नायिका नीति शाहलाई राइनोजले नयाँ अनुहारका रूपमा टिममा समावेश गरी ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको हो । तस्बिरः सनद अधिकारी÷रासस
एनपीएल ट्रफी टुर यसअघि पूर्वको विराटनगरबाट सुरु भए पनि प्रदर्शनपछि स्थगित गरिएको थियो । हाल पुनः जनकपुरबाट सुरु भई हेटौंडा हुँदै ट्रफी चितवन आइपुगेको हो ।




प्रतिक्रिया राख्नुहोस्