क्रिकेटखेल

आइपिएलमा पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको जित निकाल्दै पञ्जाबले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

पञ्जाबको घरेलु मैदान न्यु चण्डीगढमा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । पञ्जाबको लागि ओपनर प्रियान्श आर्यले ३७ बलमा ४ चौका र ९ छक्का प्रहार र्गर्दै ९३ रनको अर्धशतकीय पारी खेले भने कुपर कोनलीले ४६ बलमा ८ चौका र ७ सहयोगमा ८७ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले दोस्रो विकेटको लागि १ सय ८२ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै मार्कस स्टोइनेसले २९ रन जोड्दा शंशाक सिंहले १७ र निहाल बढेराले १३ रन बनाए । लखनउका लागि प्रिन्स यादव र मनिमरन सिद्धार्थले समान दुई-दुई विकेट लिए भने मोहसिन खान र मोहम्मद सामीको भागमा समान एक-एक विकेट लिए । पञ्जाबले दिएको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

लखनउका लागि कप्तान ऋषभ पन्तले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए भने मिचेल मार्शले २८ बलमा ४० रन जोडे । यस्तै एडेन मारक्रमले २२ बलमा ४२ रन जोड्दा आयुश बदोनीले २१ बलमा ३५ र मुकुल चौधरी २१ रनमा अविजित रहे ।

पञ्जाबका लागि मार्को यानसनले दुई विकेट लिए भने तथा अर्शदिप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलको भागमा समान एक-एक विकेट रह्यो । जितसंगै पञ्जाब छ खेलमा ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा चार अंक जोडेको लखनउ आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.