क्रिकेटखेल

यूएईले पायो ७८ रनको लक्ष्य

वर्षाको कारण खेल रोकिएपछि यूएईले डिएल मेथड अनुसार १० ओभरमा ७८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनएको थियो । तर त्यसपछि लगातार वर्षा भएपछि खेल १० ओभरमा झारेर यूएईलाई ७८ रनको लक्ष्य दिइएको हो ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ३२ रनमा अविजित थिए । त्यस्तै कुशल मल्लले १७ रन जोड्दा, कुशल भुर्तेलले १६ ,बासिर अहमदले १४ तथा अर्जुन सुद र नन्दन यादवले समान १३-१३ रन जोडे ।

यूएईको लागि मुहम्मद जुहैबले तीन विकेट लिए भने जुनैद सिद्दिकीले दुई विकेट लिँदा मुहम्मद अरफान र हैदर अलीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल हुन लागेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेल्दैछ । नेपाल र यूएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

यूएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । ‘हेड टु हेड’मा नेपाल र यूएई हालसम्म टी- ट्वान्टीमा ११ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ६ पटक जितेको छ भने युएई पाँच खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, बासिर अहमद, गुलशन कुमार झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी छ्न ।

यूएईको प्लेइङ ११ मा कप्तान मुहम्मद वसीम, अदीब उस्मानी, (विकेटकिपर) अलीशान शरफु, हरप्रीत भाटिया, सोहैब खान, अक्षदिप नाथ, मुहम्मद अरफान, खुजैमा बिन तन्भीर, मुहम्मद जुहैब, हैदर अली र जुनैद सिद्दिकी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.