क्रिकेटखेल

टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सोमबार सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए । अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए ।

यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो । यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ । अब भोलि नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ । पानी परेपछि यूएईले पायो ७८ रनको लक्ष्य वर्षाको कारण खेल रोकिएपछि यूएईले डिएल मेथड अनुसार १० ओभरमा ७८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनएको थियो । तर त्यसपछि लगातार वर्षा भएपछि खेल १० ओभरमा झारेर यूएईलाई ७८ रनको लक्ष्य दिइएको हो ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ३२ रनमा अविजित थिए । त्यस्तै कुशल मल्लले १७ रन जोड्दा, कुशल भुर्तेलले १६ ,बासिर अहमदले १४ तथा अर्जुन सुद र नन्दन यादवले समान १३-१३ रन जोडे ।

यूएईको लागि मुहम्मद जुहैबले तीन विकेट लिए भने जुनैद सिद्दिकीले दुई विकेट लिँदा मुहम्मद अरफान र हैदर अलीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल हुन लागेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेल्दैछ । नेपाल र यूएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

यूएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.