राजनीति
रास्वपाका प्राथमिकता जान्न पाउँदा खुसी लाग्यो : अमेरिकी सहायक विदेशमन्त्री
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ ।
“रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।”
त्यस्तै उहाँलेले उच्चस्तरीय भेटवार्ताहरू पनि कार्यक्रम रहेको छ । कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्। अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौँ आइपुग्नुभएको हो ।





प्रतिक्रिया राख्नुहोस्