आईसीसी विश्व कप लिग-२ मा नेपाल र यूएईविरूद्वको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसंगै नेपाल पहिले ब्याटिङ गर्ने भएको हो।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान) आशिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद र ललित राजवंशी रहेका छन् ।
सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरे योजनामा रहेको छ भने उता यूएई पनि नेपाललाई उसकै मैदानमा पराजित गर्ने सुरमा रहेको छ ।
यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र यूएईले पहिलो खेल खेल्दा अप्रिल २७ मा ओमान र यूएईले, अप्रिल २९ मा नेपाल र ओमानले, मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।
नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १२ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ५ जित र १५ हारसहित १० अंक जोडेको यूएई पुछारमा रहेको छ । यता २४ खेल खेलेको ओमान भने १३ जित, ८ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले १७ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपाल ९ खेलमा विजयी हुँदा ८ खेलमा यूएई विजयी भएको छ ।





प्रतिक्रिया राख्नुहोस्