क्रिकेटखेल

विश्वकप क्रिकेट लिग-२ : स्कटल्याण्ड नेपालविरुद्ध ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न ।

लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा स्कटल्याण्ड ३४ अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा छ । यता नेपाल भने १८ अङ्कका साथ सातौँ स्थानमा छ ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म १० एकदिवसीय खेलमा आमनेसामने भएका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा स्कटल्याण्ड चार खेलमा विजयी भएको छ । पछिल्ला पाँच भेटमा तीन खेलमा नेपाल तथा एक खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.