एआईबाट साइबर खतरा बढेपछि जापान सतर्क, विशेष कार्यदल गठन हुँदै
जापानी वित्तीय अधिकारीहरूले सफ्टवेयरका कमजोरीहरू दुरुपयोग गर्न ह्याकरहरूले प्रयोग गर्न सक्ने एआई मोडेलको विकासपछि थप सशक्त साइबर सुरक्षा उपायहरूको अध्ययन गर्न कार्यदल गठन गर्ने भएका छन्।
अमेरिकी स्टार्टअप ‘एन्थ्रोपिक’द्वारा विकास गरिएको “क्लाउड मिथोस” नामक एआई मोडेल सञ्चालन प्रणाली र वेब ब्राउजरहरूमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउन अत्यन्त सक्षम रहेको बताइएको छ। यसको दुरुपयोग भएमा यसले महत्वपूर्ण वित्तीय प्रणालीहरूमा गम्भीर जोखिम उत्पन्न गर्न सक्छ।
वित्तीय सेवा मन्त्री सत्सुकी कातायामाले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै साइबर सुरक्षा सम्बन्धी कार्यदल बिहीबारदेखि गठन गरिने जानकारी दिनुभयो। उक्त कार्यदलमा सार्वजनिक तथा निजी क्षेत्रका सदस्यहरू सहभागी हुनेछन्।
कटायामाले यस विषयमा अमेरिका पनि अत्यन्त सहयोगी रहेको बताउँदै त्यहाँको सरकारले एआई क्षमता भएका सम्बन्धित पक्षहरूको समझदारी र सहकार्य प्राप्त गरिरहेको देखिएको जानकारी दिनुभयो ।
मन्त्री कातायामाले जापान र अमेरिकाले आफ्नो ज्ञान आदानप्रदान गर्दै संयुक्त रूपमा कदम चाल्ने दिशामा अघि बढिरहेको पनि उल्लेख गर्नुभयो ।
उक्त कार्यदलमा जापानी वित्तीय संस्थाहरू, बैंक अफ जापान तथा एआई र अन्य प्रणाली विकासमा संलग्न स्वदेशी तथा विदेशी कम्पनीका प्रतिनिधिहरू समावेश हुनेछन्।





प्रतिक्रिया राख्नुहोस्