राजनीति
संसद्मा समाचार सङ्कलनका लागि व्यवस्थित कक्षको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसदीय समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रुपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जाने समेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।
संसदीय मामिलामा समाचार सङ्कलन गर्ने पत्रकारका लागि नयाँ संसद् भवनमा स्थान अभाव छ । बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मिडिया सेन्टरको व्यवस्था भए पनि अहिलेको भवनमा सहज व्यवस्था नभएपछि सांसदले संसद्मै यो विषय उठाउनुभएको हो ।
बानेश्वरमा संसद सञ्चालन हुँदा पनि मिडिया सेन्टरमै सुरक्षाकर्मी पनि बस्ने गर्दा हल्लाले समाचार सङ्कलन गर्न कठिन हुने गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्