क्रिकेटखेल

राजस्थानलाई पराजित गर्दै गुजरात आइपिएलको फाइनलमा

गुजरात टाइटन्सलाई भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात तेस्रो पटक आइपिएलको फाइनलमा पुगको हो ।

भारतको न्यु चण्डीगढमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । राजस्थानका लागि ओपनर बैभव सुर्यवंशीले ४७ बलमा ८ चौका र ७ छक्काको सहयोगमा ९६ रनको अर्धशतकीय पारी खेले भने रविन्द्र जडेजाले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४५ रनमा अविजित रहे ।

त्यस्तै डेनोभन फरेरा ३८ रनमा अविजित रहँदा कप्तान रियान परागले ११ रन बनाए । गुजरातका लागि जेसन होल्डर र कागिसो रबडाले समान दुई-दुई विकेट लिए भने मोहम्मद सिराज र प्रसिद्ध कृष्णाको भागमा समान एक-एक विकेट रह्यो । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको लागि कप्तान शुभम गिलले ५३ बलमा १५ चौका र ३ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय पारी खेले भने साई सुदर्सनले ३२ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटका लागि १ सय ६७ रनको शतकीय साझेदारी गरे । यस्तै राहुल तिवातिया १७ रनमा अविजित रहँदा वासिङ्टन सुन्दरले १६ र जोस बटलर ९ रनमा अविजित रहे ।

राजस्थानका लागि नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले समान एक-एक विकेट लिए । अब गुजरातले उपाधिको लागि आइतबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.