क्रिकेटखेल

आइपिएल २०२६ को सर्वोत्कृष्ट खेलाडी राजस्थानका वैभव सूर्यवंशी चुनिए

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को सर्वोत्कृष्ट खेलाडी राजस्थान रोयल्सका वैभव सूर्यवंशी चुनिएका छन् । १५ वर्षीय सूर्यवंशीले १६ इनिङमा २३७.३० को स्ट्राइक रेटमा ७७६ रन बनाएका थिए ।

यस संस्करण सूर्यवंशीले सबैभन्दा धेरै रन बनाउँदै ओरेन्ज क्याप र उदयीमान खेलाडीको अवार्ड पनि जितेका छन् । सूर्यवंशी एउटै संस्कणको आइपिएलमा सर्वोत्कृष्ट र इमर्जिङ खेलाडीको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

यसैगरी उनले एकै संस्करणमा धरै छक्का हान्ने कीर्तिमान पनि बनाएका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडेका हुन् । यस संस्करणमा सूर्यवंशीले ७२ छक्का प्रहार गरेका छन् भने गेलको नामा ५९ छक्का रहेको छ ।

त्यस्तै सर्वाधिक विकेटकर्ताको शीर्ष स्थानमा गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो रबाडाले १७ खेलबाट ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिँदै पर्पल क्याप जितेका छन् । यता उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटका साथ दोस्रो स्थानमा रहे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.