राजनीति

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुभएको छ । सोमबार दिउँसो उहाँ पाँच दिने भ्रमणको लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा लामिछाने भारत जानुभएको हो । लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । सभापति लामिछानेको भारत भ्रमण बारे रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरी जानकरी दिनुभएको थियो ।

लामिछाने जेठ २२ गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.