राजनीति

रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् ।

यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित हुनभएको छ । त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् ।

सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो । सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो । जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए ।

सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो । सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.