क्रिकेटखेल

दीपेन्द्र सिंह ऐरी एकसय टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी १०० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन् २०२३ मा चीनको हाङ्जाउमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङविरुद्ध मैदानमा उत्रिएसँगै उनले यो कोशेढुंगा पार गरेका हुन् ।

उनीपछि सर्वाधिक खेल खेल्ने सूचीमा सोमपाल कामी ९१ खेलसहित दोस्रो स्थानमा छन् भने करण केसी ९० खेलसहित तेस्रो स्थानमा छन् ।

दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत नेपाल राष्ट्रिय क्रिकेट टोली का लागि टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

उनले १०० खेलमा १ शतक र १२ अर्धशतकसहित २ हजार २१३ रन बनाएका छन् भने ६२ विकेट पनि लिएका छन् । आजको खेलमा गरेको प्रदर्शन भने यस तथ्याङ्कमा थपिन बाँकी छ ।

हाल उनी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा रहेका छन् र यसअघि दोस्रो स्थानसम्म पुगिसकेका थिए ।

लामो समय उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त गरिएको हो ।

कीर्तिमान र उपलब्धि

दीपेन्द्रले नेपाली क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । उनले ९ बलमै अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका छन्, जुन अहिलेसम्म नतोडिएको र बराबरी मात्र हुन सक्ने रेकर्ड हो । साथै, उनले एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् ।

सन् २०२३ सेप्टेम्बरमा चीनको हाङ्जाउमा मंगोलियाविरुद्धको खेलमा उनले ९ बलमा ८ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । त्यस्तै, सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले यू–१९ स्तरमा पनि नेपालका लागि कप्तानी गरेका थिए । उनको नेतृत्वमा नेपालले यू–१९ एसिया कपमा भारतलाई पराजित गरेको थियो ।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि सफल रहेका उनले धनगढी प्रिमियर लिग (डीपीएल), नेपाल टी–२० लिग, राष्ट्रिय खेलकुद तथा प्रधानमन्त्री कपजस्ता प्रतियोगितामा उपाधि दिलाउन योगदान दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.