खेलफूटबल

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान मियामी स्टेडियममा भएको खेलमा पोर्चुगललाई गाेलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर खेर फलेका थिए । यता दोस्रो हाफको इन्जुरी समयमा कोलम्बिया गोल गरेपनि उक्त गोल अफसाइड भएका कारण मान्यता पाएन ।

बराबरीसंगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्दा समान खेलमा पोर्चुगलले ५ अंक जोड्दै उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । यस समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.