बिचार

कर्नालीमा विद्रोह, काठमाडौंमा आलिङ्गन

हैन ! कर्नाली प्रदेश माननीयहरु त हामीले ल्याको अविश्वासको प्रस्तावबाट न विचलित भा’छम्, न पछि हट्या छम् हाम्रो अडान एमाले मुख्यमन्त्रीमाथि यथावत छ भन्छन त हँ !

उता प्रचण्ड, माधव र वली सबै एक हुने पनि प्रदेश कब्जा गर्ने पनि भनेर हात मिलाका मिलाई छन यता प्रदेशको गति यस्तो छ । अब कसरी सम्हाल्ने हुन कुन्नि प्रचण्डले नेताहरलाई ?

कर्नालीका प्रदेश नेतारु फेरि यो प्रदेशाँ त्यसै त एमाले सिध्दिने अवस्थाँ छ अनि तिनैलाई काँध थाप्न जाँदा भोलिका दिनाँ पाटीको हालत के होला ?

त्यसै त पाटी र नेताको लहरबिहिर छ अँझ भएन भनेर जवर्जस्ती त्यै शीत मिल्नु पर्ने भो जो शीत मिल्नु हुँदैन भन्या भनेर दुखेसो गर्दैछन् तर के गर्नु प्रचण्डलाई आफ्ना नेता कार्यकर्ता भन्दा एमाल्याँ गएर भोलि वलीको शेषपछि ठूलै रहमा डुबुल्कि मार्न पाईन्छ भनेर यै हो मौका वलि फकाउने भन्दैछन ।

ऐलेलाई बरु सातै प्रदेशाँ एमालेकै नेतृत्वाँ सरकार बनाउन दिने त्यसपछि पाटी एकीकरण भएछि विस्तारै वलीलाई किक हान्दै जाने भन्ने रणनीतियाँ प्रचण्ड छन् । यता कर्नालीका कार्यकर्ता चाईँ छिट्छिटो मन्त्री हुन पा केई हुन्थ्यो कि भन्ने दाउमा छन् ।

सायद यिनरु नि नेताका विरुद्ध जान सक्दैनन् होला तर भरसक यो प्रदेशाँ एमालेसित नमिल्न पाभा हुने हो भन्ने चाहना पालेर बस्या छन् । उता माओवादीका प्रचण्ड ऐले फेरि आफ्ना नेता कार्यकर्ताले भन्या भन्दा नि एमालेले भन्या मान्नु पर्ने अवस्थाँ पुग्या छन् ।

यसअघि पाटी एकिकरणको मिले मिलाएको खेल एमालेकै को को नेताले भाँजो हालेछि तितरवितर भाको प्लान यो पटक प्रदेश सरकारको खेलले जुराउला जस्तो देखिया छ । दुष्मनी समेत बिर्सेर वली माधवसित हात मिलाउँदै वार्तामा बसेका छन् ।

बकेर्नो गाई पग्रियझैँ पग्रिन लाका वली बिच्किने खालका सामन्यभन्दा सामान्य कुरानि बिग्रिन नदिने पक्षाँ प्रचण्ड छन् । त्यसैले यो कर्नालीको सरकारको खेलो छिटै सकियला जस्तो छैन ।

सम्भव त प्रचण्ड र वलीबीच सम्झौता भयो भने तत्काल यो सरकार नै नगिरेर अविश्वासको प्रस्ताव फिर्ता लिएर फेरि यामलाल जी नै ब्युँतिने पनि सम्भावना प्रवल छ ।

दुईटाको गठबन्धन भएछि अर्को पक्षले कुनै पनि हालतमा सरकार बनाउन सक्ने स्थिति नभाकोले सरकार एमाले बाहेक अरुको बन्ने त कतै सम्भावना नै छैन ।

प्रतिद्वन्द्वीका रुपमा रहेको काँग्रेस पाटीभित्र आँफै किचलो मौलाएकोले काँग्रेस सभापति नै कर्नालीमा काँग्रेसको सरकार नबनोस् भन्ने पक्षमा छन् ।

किनभने काँग्रेसको सरकार बने नि सरकारको नेतृत्व गर्ने व्यक्ति गगन गुठका हैनन् त्यसैले कर्नालीका गगनका गुठियारले समेत काँग्रेस सरकार बन्न नदिन भित्रभित्रै खुराफात गरिरहेका छन् ।

त्यसैले मनओवादीका साथिहरु भन्न त भन्यौ अविश्वासको प्रस्तावको पक्षाँ भोट गर्छम् भनेर, भन्न जति गर्न त्यति सजिलो काँ छ र ? अविश्वासको प्रस्तावले सरकार ढल्ने बित्तिकै तपाईंहरका विरुद्ध पाटी कार्बाही पनि त आउला ? हो त्यति बेला सब एक हुनुहुन्छ भने गर्नोस् नत्र भने तपाईंहरको सिधा माथि काल मडराई राछ भन्ने बुझ्नोस् ।

किनभने प्रचण्ड भनेका त्यस्ता मान्छे हुन जहाँ आफ्नो र आफ्नो परिवारको हित छैन भने कार्यकर्ता र नेताको गर्धनाँ खुकुरी राखेर “मैले भन्या मान्छस् कि रेटम” भनेर अल्टिमेटम दिने मान्छे हुन ! ह्याँभन्दा बढी के भन्म् जान्ने बुझ्ने आँफै हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.