क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नेपालको खराब ब्याटिङ, नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्स सामू जितको लागि १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शृङ्खलामा नेदरल्यान्ड्स, नामिबिया र नेपालको सहभागिता रहेको छ । नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ४ ओभरमा १ सय ५७ रनमा समेटियो ।

नेपालको लागि आरिफ शेखले ४१ रन बनाए भने गुलसन झाले २९ रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन जोड्दा आशिफ शेखले १४ , करण केसीले अविजित १३ र सोमपाल कमीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेदरल्यान्ड्सको लागि एलेक्स रोय र रोलोफ भ्यान डेर मेर्वेले समान तीन-तीन विकेट लिए भने लोगान भ्यान बीकले दुई विकेट लिँदा काइल क्लेनको भागमा एक विकेट रह्यो ।

आज नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै शृङ्खलामा पहिलो जित हात पार्ने योजनाको साथ मैदान उत्रदै छ भने नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्सले शृङ्खलामा पहिलो खेल खेलेको हो । यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेलमा नै विजयी भएको थियो ।

लिग २ अंकतालिकामा नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ भने २८ खेलमा ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।

नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन बाँकी ७ खेलहरु जित्नैपर्ने दबाब छ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.