आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार भएको त्रिकोणात्मक श्रृंखला अन्तर्गतको नामिबियाविरुद्ध दोस्रो खेलमा नेपाल ३ रनले पराजित हुन पुग्यो ।
जारी श्रृंखला अन्तर्गत नेपाल नामिबियाविरुद्धको पहिलो खेलमा पनि ८ विकेटले पराजित भएको थियो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सको उट्रेच्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रनको योगफल बनाएको थियो ।
नामिबियाका लागि जान फ्राइलिन्कले १४९ बलमा ३ चौका प्रहार गर्दै १०० रनको शतकीय पारी खेले भने लौरेन स्टेनक्याम्पले ८७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए भने सोमपाल कामीको भागमा एक विकेट रह्यो । साथै यसै खेलमार्फत नेपालका लागि करण ओडीआईमा १०० विकेट लिने दोस्रो खेलाडी समेत बने ।
नामिबियाले दिएको २ सय १२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै मात्र २ सय ८ रनमात्र जोड्न सक्यो । नेपालका लागि आसिफ शेखले ८९ बलमा ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१ रन जोडे ।
यस्तै आरिफ शेख ३८ रनमा अविजित रहँदा कुशल भुर्तेलले ३४ र गुल्शन झाले अविजित १९ रन बनाए । नामिबियाका लागि ज्याक ब्रासेलले तीन विकेट विकेट लिए भने रुबेन ट्रम्पलमनले दुई विकेट लिँदा एक विकेट रनआउट भएको थियो । हारसंगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्न गणितीय सम्भावना पनि लगभग सकिएको छ । यसअघि नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको थियो ।
यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेलमा विजयी भएको थियो । लिग २ अंकतालिकामा नेपाल ३१ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा झरेको छ भने समान खेलमा २६ अंक जोडेको नामिबिया पाँचौं स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया राख्नुहोस्