जन सरोकार

नेपाल प्रहरीको बेरुजु फर्छ्यौट प्रगति गृहका अन्य निकायभन्दा सर्वोत्कृष्ट

गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आव २०७४/०७५सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौाट गराई बेरुजु फछर्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आव २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौपट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (मन्त्रीस्तर)को निर्णय अनुसार बेरुजु फर्छ्यौफटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौ ट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ । बेरुजु फर्छ्यौ टमापनको वर्गीकरणमा गत आवमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हाँसिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.