खेलफूटबल

फुटबलर सावित्रा भण्डारी सम्मानित

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित हुनुभएको छ ।

सावित्रा भण्डारी (साम्बा)

लमजुङ बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा शनिबार भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गर्नुभयो । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उहाँलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताउनुभयो ।

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताउनुभयो । यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न पे्ररणा मिल्ने उहाँको भनाइ छ । तत्कालीन सिम्पानी गाविस–७ पामचोकमा हाल मस्र्याङ्दी गाउँपालिका–९ मा जन्मिनुभएको भण्डारीले यसअघि जिल्लाका विभिन्न ठाउँबाट सम्मान प्राप्न गनुभएको छ ।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्नुभएको छ । नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढ्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.