राजनीति

मेडिकल कलेजको शुल्क विवादबारे वार्ता

मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिनको उपस्थिति थियो ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका छन् । शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.