जन सरोकार

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका ‘सानुभाइ’ पक्राउ

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

बझाङ जिल्ला थलारा गाउँपालिका वडा नं. ४ मयल स्थायी घर भएका २० वर्षीय सानु भाइ भन्ने साजन विष्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

उनले फेसबुकमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न माग गरेका थिए । सोही पोस्टमा उनले माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए ।

उनले काठमाडौँमा एके–४७ जस्ता अत्याधुनिक हतियार भित्रिसकेको र आफ्नो टिमले जस्तोसुकै कदम चाल्ने भन्दै जनमानसमा त्रास फैलाउने गरी धम्कीपूर्ण भिडियोहरू समेत सार्वजनिक गरेका थिए । पाँच वर्षदेखि भारतमा बस्दै आएका उनी बैंगलोरस्थित एमजी रोडको एक फेन्सी स्टोरमा काम गर्थे ।

प्रहरीका अनुसार विष्ट भारतमा रहँदा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको बुझिएको छ । ५ वैशाखमा पक्राउ परेका विष्टलाई विष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोमबार जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.