जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । चितवन, इच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित त्रिशुली नदीको किनारमा तनहुँ देवघाट गाउँपालिका-३ बस्ने ६० वर्षीय भुल बहादुर मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै दार्चुला, महाकाली नगरपालिका-२ बडालीगाउँ बस्ने ३२ वर्षीय शेर बहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बैतडी, सुर्नया गाउँपालिका-१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । उता खोटाङ, खोटेहाङ गाउँपालिका-७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर भुजेल सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार बिहान सोही ठाउँस्थित जंगलमा खर काट्न भनि गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.