रास्वपालाई गृहमन्त्रालय दिन प्रधानमन्त्री तयार भए लामिछाने कि अरु नै बन्नेछन् मन्त्री ?
सत्ता गठबन्धन हुनु अघि उपप्रधान तथा गृहमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा पद गएपछि सो पार्टीले गृहमन्त्रालयको दावी कायमै राखेको छ ।

यतिबेला गृह मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा रहेको र उहाँ रास्वपालाई गृह मन्त्रालय दिने सवालमा अलमलमा रहेको रासो पार्टीका प्रवक्ता मुकुल ढकालले बताउनुभएको छ ।
ढकालले प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको बताउँदै पार्टी सभापति लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने पनि जानकारी दिनुभयो ।
ढकालले भन्नुभयो, गृहमन्त्री रास्वपाले पाइसकेको विषय हो । गृहमन्त्रीको नाम पठाउनुस् भनिसकेको स्थिति पनि छैन । प्रधानमन्त्रीले हामीलाई गृहमन्त्री दिने भनेपछि व्यक्ति निर्णय गर्छौं ।’
गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने बताउँदै ढकालले “पार्टी सभापतिको नेतृत्वमा सरकारमा नजाँदा घाटाहरु पनि देखिन्छन् । सभापति नै गृहमन्त्रीमा जाँदा पनि केही घाटाहरु छन् । यस्तोमाा के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्ने” बताउनुभयो ।
उता प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको भन्दै अब सत्ता साझेदार दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्