राजनीति

प्रमुख प्रतिपक्षको हैसियत पाउन निवेदन दिनु आश्चर्यजनक

नेकपा (एमाले)का नेता डा भीमबहादुर रावलले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत पाउन संसद सचिवालयममा निवेदन दिनु आश्चर्यजनक भएको बताउनुभएको छ ।

नेपालको राजनीतिक इतिहासमा पहिलो महिला मन्त्री बन्न सफल द्वारिकादेवी ठकुरानीका बारेमा पुस्तक सार्वजनिक समारोहमा उहाँले सो धारणा राख्नुभएको हो ।

पूर्वउपप्रधानमन्त्री रावलले नागरिकता जस्तो संवेदनशील विषयमा विवादमा परेका व्यक्तिलाई फेरि गृहमन्त्री बनाउन सत्तारुढ दलभित्र छलफल हुनु राम्रो कुरा नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगार कम्पनी खोलेका व्यक्तिलाई श्रममन्त्रीबनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानी जस्तो विरङ्गानाहरूको योगदानको अवमूल्यन हुने काम भएको छ” ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको धारणा राख्नुभयो । राजनीतिक रूपमा देखिएका समस्यालाई हल गर्दै जानका लागि आफ्नो पार्टी लागेको बताउनुभयो ।

द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रूपमा आफूले पाएको स्मरण गर्दै लेखकले कांग्रेसले द्वारिकादेवी ठकुरानीको पद चापलाई पछ्याउँदै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रतन भण्डारीले लेखेको ‘नेपालको पहिलो महिलामन्त्री द्धारिकादेवी ठकुरानी’ नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल र कांग्रेस नेता रमेश लेखकले शनिबार संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.