जन सरोकार

नेपाली र भारतीयले गरे जनकपुरमा सामूहिक बलात्कार, दुईजना पक्राउ

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

जनकपुरधामको मुख्य बजारमै एकजना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभएको छ ।

झाका अनुसार जनकपुर क्षेत्रकै ती महिलालाई दुवै जनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए । दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

Back to top button