क्रिकेटखेल

विश्वकप लिग २ को विजेता स्कटल्याण्ड, मंगलबार ट्रफी प्रदान गरिने

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । यो जितसंगै स्कटल्याण्ड ५० अंकका साथ लिग २ विजेता बनिसकेको छ ।

अब स्कटल्यान्डले अन्तिम खेल मंगलबार नेपालसँग खेल्नेछ । सात देश सहभागी लिग–२ मा च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्डलाई मंगलबार काठमाडौंमा ट्रफी प्रदान गरिनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । स्कटल्यान्डको तेस्रो खेलमा दोस्रो जित हो । यससँगै नामिबियाले यस सिरिजका चारवटै खेलमा हार खेपेको छ ।

जितका लागि स्टकल्यान्डले दिएको दुई सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७८ रनमा समेटिएको थियो ।

नामिबियाका लागि लोहार्ड लोहारेन्सले सर्वाधिक ५२ रन बनाउनुभयो । कप्तान ग्रेहार्ड इरास्मसले ४३, जेन ग्रिनले २५, रुबेन ट्रुम्पलम्यान र शन फुचेले १०र१० रन बनाउनुभयो ।

बलिङमा स्कटल्यान्डका मार्क वार्टले चार विकेट लिनुभयो । माइकल लिस्कले तीन तथा ब्राण्डन म्याकमुलानले दुई र क्रिस गिभ्सले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २१ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ४७ रन बनाउनुभयो ।

टमस म्याकिन्टोसले ३४, कप्तान रिचि बेरिङ्टनले ३२, माइकल लिस्कले २९, लियम नायलोर २०, म्याथ्यु क्रसले १६, क्रिस ग्रेभ्सले १४ र मार्क वार्टले १० रन बनाउनुभयो ।

बलिङमा नामिबियाका रुबेन ट्रुम्पलम्यान एक्लैले पाँच विकेट लिनुभयो । पटाङ्गिनी लुङ्गिमिनीले दुई, बर्नाल्ड स्कर्टज, बेन सिकोन्गो र पिंकी या फ्रान्सिले एक एक विकेट लिनुभयो ।

३४ खेलबाट ३७ अङ्क बनाएको नमिबिया तेस्रो स्थानमा छ । २७ खेलबाट २४ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ । प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.