घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै छन् । आज (मंगलबार ) सिरिजको अन्तिम खेलमा नेपाल लेस्कट ल्याण्डको सामना गरेको हो ।
टियु मैदान किर्तिपुरमा खेलमा नेपाल टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपाल आज लगातार चौथो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले, शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले र तेस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो ।
विश्वकप लिग-२ को विजेता स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग-२ को सुखद अन्त्य गर्न चाहन्छ । तीन खेल बाँकी रहदै लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।
नेपाल २७ खेलमा २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३५ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।





प्रतिक्रिया राख्नुहोस्