खेलफूटबल

राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी विजयी

राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ ।

यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १० खेलबाट चित्लाङको सात अङ्क छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.