जापान

जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणमा राखेको विशेषज्ञहरुको दावी

जापानी विशेषज्ञहरुले कोरोना भाइरस संक्रमणलाई अन्य मुलुकमा जस्तो तीब्ररुपमा बढ्न नदिई नियन्त्रणमा राख्न सफल भएको बताएका छन् । यद्यपि उनीहरुले देशमा संक्रमण बढ्न सक्ने भन्दै आम जनता शतर्क रहनु आवश्यक रहेको बताएका छन् ।

कोरोना भाइरस प्रतिरोधी उपायको समीक्षा गर्न गठन गरिएको एक सरकारी विशेषज्ञ टोलीले आगामी एक या दुई हप्ता जापानका लागि भाइरस संक्रमण नियन्त्रणमा लिन महत्वपूर्ण हुने सुझाव सोमबार बुझाएको थियो । त्यसको केही दिनभित्रै उनीहरुले नयाँ संक्रमितहरुको संख्या तीब्र नदेखिएको र एक हदसम्म जापान प्रकोपको नियन्त्रण गर्न सफल रहेको बताएका हुन् ।

विशेषज्ञ टोलीले जापानले आफ्नो देशमा भाइरस संक्रमणको वृद्धि रोक्न सफल भए पनि विश्वव्यापी रुपमा प्रकोप नियन्त्रणमा लिन निकै कठिन छ । यो महामारी विश्वव्यापी भैसकेको अवस्थामा जापानले नियन्त्रणमा लिए पनि विदेशबाट पनि आउनसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.