क्रिकेटखेल

युएईबिरुद्ध नेपालको कसिलो बलिङ, सोमपालले लिए तीन विकेट

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरण समेत रहेको आईसीसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गरिरहेका छन् ।

युएईमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको युएईसामु नेपालले बलिङ गरेको छ । ताजा स्थितिमा १५ ओभरको समाप्तिमा युएई चार विकेटको क्षतिमा ५० रन बनाएको छ ।

सुरुवाती १० ओभरमै ३ विकेट गुमाएको नेपालका लागि तीव्र बलर सोमपाल कामीले शीर्षक्रमका तीन ब्याट्सम्यानलाई आउट गरे । यसअघि पिएनजी बिरुद्ध पनि उनले ३ विकेट लिएका थिए ।

सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका थिए भनृ ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।

त्यस्तै ९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई २१ रनको स्थितमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराए । त्यस्तै ११औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई आउट गराएका हुन् ।

विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.