विश्व समाचार

इटालीमा कोरोना भयावह : एकैदिन छसय २७ जनाको मृत्यु, भारतमा संक्रमित बढ्दै

कोरोनाको उद्गम थलो चीनले पूर्णरुपमा नियन्त्रण गरेको घोषणा गरे पनि युरोप तथा एसियाका अन्य मुलुकमा यसको संक्रमण व्यापक हुँदै गएको छ । इटालीमा शुक्रबार मात्र छ सय २७ जनाको मृत्यु भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ ।

इटालीमा केही साताकै बीचमा चीनकोभदा बढी मृत्यु भएको छ । त्यसो तत इटालीको कोरोना संक्रमण रोकथामका लागि त्यहाँ अपनाइइएको व्यवस्था कडा र पर्याप्त नभएको बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले बताएका छन् । चीनले ठूला मात्रामा औषधि र विशेषज्ञ टोली इटाली पठाएको छ ।

उता नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ ।

भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.