बिचार

गलत सूचना र लापरवाहले जटिल बनेको कोरोना

– महेन्द्र चालिसे

संसारलाई त्रस्त बनाइरहेको, धेरै मुलुक दग्ध भएको कोभिड–१९ माइक्रो अर्गानिजमको उपसमूह कोरोना भाइरसको कारण सन २०१९ को अन्त्यतिर मान्छेमा देखिएको रोग हो । संसारका प्रायः सबै देशमा यस्को इन्फेक्सन दर दिनका दिन वृद्धि भएर गैरहेछ ।

मान्छेहरु हातधुने स्यानीटाइजर, मुख छोप्ने मास्क लगायत दैनिक आवश्यकताको सामानहरु खरिद गर्न तछाड मछाड गरिरहेछन् । त्यसैगरी सभा, सेमिनार, सांस्कृतिक कार्यक्रम वन्द गर्नु लगायत सार्वजनिक यातायात चढ्न डराउने र खोक्ने मान्छेहरुसंग चार हात पर तर्कने गर्न थालेका छन् ।

जवकि यो कोभिड–१९ गम्भिर स्वास्थ्य समस्या त हो नै, तर कति कुरा चाहिं गलत सूचनाको कारण पनि जटिल बनिरहेछ ।

यो नयाँ कोरोना भाइरस के हो त ?

यो कोरोना भाइरस माइक्रो अर्गानिज्म “भाइरस या व्याक्टेरिया या फंगस”को उपसमूह हो । यो सामान्य हेर्दा साधारण रुघाखोकी जस्तै हो । यो भाइरस सन् २०१९ को अक्टोवर तिर पत्ता लागेको हो भनिन्छ । यो २०१९ मा पत्ता लागेको कोरोना भाइरस जिवित बस्तुबाट प्रकट भएको भनाइ छ ।

यो कोभिड–१९ हामिले बुझेर जाने भन्दा केही फरक, केही गम्भिर र बढी सरुवा खालको छ, जस्लाई अहिले सम्म कसैले अनुमान लगाउनै सकेको छैन ।

यो कसरी फैलन्छ त?

पहिला त यो कोरोना भाइरस फैलने सबैभन्दा भरपर्दो माध्यम भनेकै श्वास प्रश्वास कृया हो ।

यदी कोही मान्छे खोकिरहेछ भने उस्ले खोक्दा मुखबाट निस्किएको छिटाले उस्को छ फीट वरिपरि बस्ने मान्छेलाई सार्न सक्छ । तर एउटा कुराचाहिं अझै प्रष्टिएको छैन कि यो कोरोना नामक भाइरस खुला सतहमा कति लामो समय सम्म जिवीत रहन्छ र यस्को असर कति सम्म हुन्छ ?

तर यो चाहिं निश्चित छ कि यदी कुनै सामान, स्थान जस्लाई धेरै मान्छेले छोएका हुन्छन्, त्यस्तो स्थानमा अथवा त्यस्ता बस्तु छुँदा पनि सरिरहेको हुन्छ ।

यदी कसैले त्यस्तो वस्तु, छोएको छ र उस्ले आफ्नो नाक, मुख, आंखा आदि छोयो भने चाहिँ ऊ पक्कै कोरोना सर्ने बाटोमा गयो भनेर जाने हुन्छ ।

यसबाट बच्ने कसरी ?

यदी कोराना भाइरसबाट वच्ने उत्तम हतियार चाहिं के हो त भनेर सोध्यो भने निर्विकल्प सच्चा हतियार भने “हात धुनु” नै हो । यदि कोरोना भाइरसबाट बच्नलाई सावुन पानीले हात धुंदैछ भने १५ देखि २० सेकेण्ड हात मिचेर धुनुपर्दछ अथवा कसैले स्यानीटाइजर प्रयोग गरेको छ भने कमसेकम त्यो स्यानीटाइजरमा ६०% प्रतिशत अल्कोहल हुनुपर्दछ । कोराना भाइरसबाट वच्ने अन्य उपाय भनेको चाहिं भिडभाडमा या सार्वजनिक स्थलहरुमा नजाने, अनावश्यक यात्रा नगर्ने, र अर्को आवश्यक कुरा भनेको शरीरलाई यथेष्ट आराम दिने नै हो ।

अर्को मुख्य कुरा भनेको शरीरको प्रतिरोधात्मक शक्ति कायम राख्ने नै हो । पर्याप्त सुताई, आराम गराई, दिमागलाई दवावमुक्त राख्ने, मानसिक स्वास्थ्यमा विचलन आउन नदिने, यदि कुनै कुराको औषधी सेवन गरिरहेको छ भने त्यस्लाई नियमित गर्ने नै र तनाव मुक्त रहने । यसरी आफ्नो शरिरको प्रतिरोधात्मक शक्ति कायम गर्न सकिन्छ ।

टि–सेल काउन्ट उच्च छ भने उस्को सेता रक्तकोष सकृय रहन्छ जस्ले शरिरको प्रतिरोधात्मक शक्ति उच्च राख्न मद्दत गर्छ तव कोभिड–१९ अर्थात कोरोना भाइरस मात्र हैन अन्य कुनै पनि भाइरसले उस्लाई असर गर्न सक्तैन ।

फेस मास्क ?

सांच्चै भन्ने हो भने वास्तवमा कसैले पनि भन्न सक्तैन कि फेसमास्क प्रयोग गरेमा कोरोना भाइरसले हमला गर्न सक्तैन भनेर । विशेषत अहिले बजारमा पाइने फिल्मि स्टाइलका फेस मास्क र औषधी पसलमा पाइने मास्क ।

हो कोइ सामान्य ज्वरो, रुघा, खोकी अथवा श्वास प्रश्वास पिडाबाट पिडित छ भने उस्ले लगाएको मास्कबाट अरुलाई सर्नबाट बचाउँछ ।

साँच्चै भन्ने हो भने यो कोरोना भाइरस हौवा बढी भएको आभास भइरहेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.