जल/वातावरण

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४३- बुधबार भेटिए २६ जना

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । आइतबारदेखि संक्रमितको संख्या ह्वात्तै बढ्ने क्रममा आज बुधबार थप २६ जनामा कोरोना संक्रमण देखिएसंगै कुल संख्या २ सय ४३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पुष्टि भएका संक्रमितहरुमध्ये १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेका छन् । थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण भएको पुष्टि गरिएको हो । बुधबार मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.