राजनीति

प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिनुभएको छ । मंगलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको हो ।

राष्ट्रपति राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । यसअघि आजाव मंगलबार संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ । शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.