जल/वातावरण

अछाम, बर्दिया, पर्सा र बाराका गरी थप सातजनामा कोरोना पुष्टि- छ सय ८२ संक्रमित

सोमबार दिउँसो अछाम, बर्दिया, पर्सा र बाराका गरी थप सातजनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको जानकारी दिनुभयो । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ भने संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.