बिचार

वली हटाउने बैठकमा वलीकै कुर्सी थप बलियो !

जल्ले जे सुकै भनोस् ! राजनीतियाँ सफल हुने चाँदो कसैले ल्याछ भने त्यो केपी वली नै हो भन्ने बुझ्दा हुन्छ । के गर्ने ! गाउँघराँ यौटा उखानछ नि “झिङाले टोकेर डिङा मर्दैन” भन्ने हो त्यै उखान दोहोरियो त एमाल्याँ हैन र ?

केपी शर्मा वलीलाई अध्यक्ष पदाट फाल्न भनेर उईल्यैदेखि कस्सेकाहरुलाई आइतबार मात्रै बस्या एमाल्या बैठकले एक्कासी अब उप्रान्त कुनै पनि बैठकाँ पाटी पुनर्गठनको बिषयाँ कुरै उठाउन नपाइने गरी निर्णय प्रस्ताब पारित गर्देछि बिचरा पोखरेल शंकर र पौडेल विष्णुको प्रतिवेदन सर्तिबेदन गईल भैंस पानीमा पो भएछ त !

केही दिनदेखि बालाई राजीनामा दे कि दे भनेर रटाना लगाका केही नेताहरको होस हवासै उडने बाले एक्कासी पाटी पुनरगठनको कुरै उठाउन नपाउने गरी प्रस्ताब पारित गर्देछि अब विचरा वलीविरुध्द स्याँक्क र सुँक्क गर्नेहरका बोलति बन्दै त भए होलान त हैन र ?

बाकै विरुद्ध हिजो मैदानमा उत्रेका डाक्टर रावललाई जसरी बाले घरको न घाटको बनाएर छोडे अब यो चोटि शंकर,विष्णु, योगेश र सुब्बा गुरुङको हविगत नि रावलकै जस्तै गराउने त होलान । आफ्नो अध्यक्ष पद सुरक्षित बनाउने हो र अँझ २० वर्ष ढुक्कसित पाटी चलाउने रहर पूरा गराएरै छोडने हो भने त बाले यी बिरोधिहरलाई मास्न्यै त होलान त !

पाटीमा माओवादी भित्र्याएर माओवादीकै गर्धनाँ बन्दुक तेर्स्याएर आफ्नो पाटीका पुराना नेताहरको छातियाँ गोली चलाउने दाउ गरेर बस्या बाले बिरोधीको त विल्लिबाठ बनाउन्यै त होलान अब । किनभने जब वली बालाई कसैलाई सिध्याउनु पर्ने चाहना जाग्यो भने र सिध्याउने मेसो मिल्यो भने उनले त बदला नलिई छोडदै छोडदैनन् । देख्नु भएन रावल पछि ईश्वर पोखरेलको कुन हालत भा छ ।

अब यो चोटि बालाई पाटी अध्यक्षाट फालेर पाटी पुनर्गठन गर्ने सोच बनाका गुरुङ, पौडेल र पोखरेलको हविगत नि पुरानैको जस्तो बनाउन बालाई सुर्खेतका यामलालदेखि जगत बोगटी जस्ता नेता र सिँगै माओवादी कमाण्डर बादल मडारिएछि त्यत्तिकै काँ छोडलान र ?

हुन त बाको पद दीर्घायु हुँदा झोलेहरु चरम आनन्दमा होलान तर उनी जति धेरै एमाले अध्यक्षाँ बसिरहन्छन पाटीलाई त्यत्ति धेरै क्षेति हुन्छ । तर पनि झोलेहरलाई पाटीको अबस्थासित सरोकार छैन कि बाको दीर्घायुसित मतलब छ ।

त्यसै त २३/२४ भदौको दङ्गापछि एमालेको त्यो हालत छ र जनता वलीले अध्यक्षता गरिरहुन भन्ने पक्षमा छैनन् । तर वली चाईँ जेनजी र मतदाताको विरुद्ध यसरी प्रतिवाद गरेर बस्या छन् कि जस्ले गर्दा अन्य दलहरुलाई पनि सहज भै रहेकोछ । जति धेरै एमालेको विरोध भयो त्यति जनताले आँफुलाई सपोट गरून् भन्ने त सबैलाई भैहाल्छ ।

त्यसैले नि एमालेबाट वलीको बहिर्गमन नहुनु अरु पाटीका लागि प्लस पोईन्ट नै हुनसक्छ । पाटीमा अनेक चाल चल्नलाई मायुर बाले सोमबारदेखि शुरुभाको केन्द्रीय कमिटिको बैठकाँ कुनै चाल चलेर जानअन्जानमै पाटीलाई फाईदा हुन नि सक्छ ।

किनभने त्यसै त सरकारका विरुद्ध आन्दोलन गर्छु भनेर पहाडतिर प्रचण्ड आन्दोलनको ज्वाला सल्काउन लाग्ने अनि तराईतिर उपेन्द्र यादव तराई जलाउनतिर लागे भने त्यसै त बाढीले थिलोथिलो बन्या देश अँझ भएन भनेर माओवादी नेताहरु प्रचण्ड र उपेन्द्र यादव (पुराना माओवादि नै हुन) आफ्नो १० वर्षे पुरानो आन्दोलन र जेनजीको आन्दोलन सम्झिँदै देशभर हत्या र आगजनि गर्दै हिँडे भने त्यै मौँ वलीले पनी फ्याट्टै कुनै कदम चालेर सत्ता हाताँ लिने मौका पारे भने त वलीको तालुवाँ त्यसै आलु फल्ने भैगो नि हैन र ? के गर्ने यो देशको बागडोरै कमिनिष्टहरको हाताँ जाने लेख्या रैछ भने अरुले रोई कराई गरेर भएन क्यारे ! कि कसो कमरेडहरु !!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.