क्रिकेटखेल

साहरुखको टीमबाट लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता र जुही चावला ट्रिनवागोको पनि मालिक हुन् ।

सन् २०१८ मा उहाँ पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो ।लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो । यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन ।

लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहनुभएको छ ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिनुभएको थियो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उहाँले ३३ विकेट लिइसक्नुभएको छ । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.