एन आर एन न्युजजापान

उच्चस्तरिय छानविन समितिको प्रतिवेदन हस्तान्तरण- “आर्थिक अनियमितता छ”

आईसीसीले प्रतिवेदन अध्ययन गरेपछि कारवाहीको प्रकृया अगाडि बढाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा डा. बलराम श्रेष्ठ, शालिकराम भण्डारी, बिजय थकाली र डा. सरोज कँडेल सदस्य रहेको ५ सदस्यीय उच्चस्तरिय छानविन समितिले ९१ पृष्ठ लामो प्रतिवेदन टोकियोमा आइतवार साँझ एक कार्यक्रमका बीच आइसीसीएसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा उपस्थित पत्रकार तथा एनआरएनए आईसीसीका पदाधिकारी एवं सदस्यहरुका माझ छानविन समितिले प्रतिवेदनका केही मूख्य हरफहरु सार्वजनिक गर्दै सन २०१७ देखि २०२० नोभेम्वरसम्म अर्थिक अनियमितता समेत भएको देखिएको निष्कर्षमा पुगेको बताइएको छ ।

नेपाल फेस्टिवल, नेपालमा भूकम्प गएको समयमा राहतका लागि जापानबाट संकलन गरिएको रकम, कार्यालय संचालन, जापानमा ज्यान गुमाएकाहरुको बीमा बापतको परिवारले पाउने रकम, बैंक मार्फत निकालिने रकमको प्रयोजन नखुलेको, जलपान (पार्टी) जस्ता विभिन्न अनावश्यक शिर्षकहरुमा खर्च देखिएको, विभिन्न किसिमका खर्चहरु फर्च्योट हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय अवस्थामा आम्दानी भन्दा खर्च धैरै भएका कारण संस्थाको हिसाव ऋणत्मक देखिएको जस्ता विवरणहरुमा आर्थिक अनियमितता भएको समितिले ठहर गर्दै प्रतिवेदनमा बुझाएको हो ।

समितिले एनआरएनएको प्रत्येक बर्षको खर्च आम्दानी हिसाब पारदर्शी बनाउनु पर्ने, राहत तथा विभिन्न कार्यक्रमहरुका खर्च आम्दानी पारदर्शी गर्नुपर्ने, प्रत्येक बर्ष अडिट गर्नुपर्ने, विना बिल भरपाई रकम खर्च गर्न नहुने, कार्यालयमा लेखा सम्बन्धी कर्मचारी राख्नु पर्ने, जापानमा ज्यान गुमाउनेहरुको रकम संस्थागत रुपमा रेकर्ड गरी कार्य सम्पादन गर्नु पर्ने जस्ता सुझावहरु समेत दिएको छ ।

प्रतिवेदन हस्तान्तरणपछि एनआरएनए आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आईसीसीले अध्ययन गरेपछि कारवाहीको प्रकृया अगाडि बढाउने छ, हामीले आईसीसी निर्देशन अनुसार काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.