राजनीति

रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपसभापतिमा गणेश शाहीे, सचिव पदमा रमेश केसी निर्वाचित हुनुभयो भने सहसचिवमा रामबहादुर शाही निर्वाचित हुनुभएकोे निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.