क्रिकेटखेल

उपकप्तान ऐरी नेपाल प्रहरीबाट अलग

नेपाल प्रहरीमा सहायक हवल्दार पदमा कार्यरत नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिनुभएको छ ।

ऐरीले घरायसी कारण देखाए केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले ऐरीले राजीनामा दिएको पुष्टि गर्नुभएको छ ।

सन् २०१६ को अन्डर १९ क्रिकेट विश्वकपका लागि नेपाली टोलीमा समावेश ऐरी सन् २०१७ को एसीसी अन्डर १९ एसिया कपमा नेपाली राष्ट्रिय अन्डर १९ टोलीका कप्तान थिए ।

ऐरीले ११ मार्च २०१७ मा केन्या विरुद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट राष्ट्रिय टिममा प्रवेश गरेयता ऐरी नेपाली क्रिकेटको महत्वपूर्ण सदस्यका रुपमा रहँदै आउनुभएको छ । ऐरीलाई नेपाली खेलाडी तथा समर्थकहरु टाइगर उपनामले बोलाउने गर्दछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.