यही जुलाई २३ देखि जापानको राजधानी टोकियोमा सुरु हुने ओलम्पिक खेलमा सहभागी हुन विदेशी खेलाडीहरुको आगमन सुरु भएको छ । जापान सरकारले बिहिबारदेखि आइतबारकोबीचमा १८ देश र क्षेत्रको ओलम्पिक टोलीको आगमन हुने अपेक्षा गरेको छ ।

जापान आगमन गर्ने खेलाडीहरु नारिता र हानेदा विमानस्थल तथा नागोया नजिक रहेको चुबु विमानस्थलबाट देशका विभिन्न भागमा रहेका खेलग्राममा प्रस्थान गर्नेछन् । कोरोना भाइरस संक्रमण हुन नदिन खेलाडी तथा अधिकारीहरुलाई अलग्गै बाटोको व्यवस्था गरिएको छ ।
बिहिबार अमेरिकाबाट २० सदस्यीय बक्सिङ खेलाडीको टोली नारिता आइपुगेको थियो । त्यस्तै बेलायतको नौकायन टोली हानेदा विमानस्थल हुँदै कानागावा प्रान्तको हायामा शहर पुगेको छ ।
जापान सरकारले विदेशी टोली ओलम्पिक खेललाई कोरोनामुक्त गर्न हरसम्भव प्रयास गरेको छ । खेलाडीहरुको आगमनको समयमा विभिन्न नियन्त्रित कदमहरु चालिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्