खेलजापानफूटबल

नागोयामा दियालो सेभेनए साईड फुटवल तयारी पुरा

नेपालीहरूको बाक्लो उपस्थिति रहेको जापानको नागोयामा आउँदो आइतबार हुने सेभेन एसाईड नकआउट फुटबल कप २०२१ प्रतियोगिता तयारी पुरा भएको छ ।

आयोजक धरान एफसी अध्यक्ष यमन देवानका अनुसार दियालो रेष्टुरेन्टको मुख्य प्रयोजनमा हुन लागेको प्रतियोगिता नागोयास्थित हिगासीकोसासा कोशीदोचो आईचीमा हुने पक्का भएको छ।

यस्तै जुलाई ११ आइतबार संचालन हुने खेलमा जापानभरिका १६ टिमहरूको सहभागिता रहने पक्का भएको छ । सबै टिम समेटिएको टाईसिट समेत सार्वजानिक गरिएको छ ।

नेपाली युवाहरूबीच आपसी भाइचारालाई थप प्रगाढ वनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक तथा क्लवका ऊपाध्यक्ष सविन राईले जानकारी दिनुभयो ।

विभिन्न संचार माध्यमहरू, स्थानीय संघ संस्था, नेपाली राष्ट्रिय फुटवल खेलाडीहरू, एन्फा लगायतको विशेष सपोर्टेले पनि खेल थप चासोको विषय वनेको छ । सोही अनरूपको खेल आयोजना गर्न विदेशी भुमिमा आफुहरूले सके जति प्रयास गर्ने आयोजक एफसी धरानका अध्यक्ष देवानले जानकारी दिनु भयो ।

एक दिवसीय खेल भएकोले सवै टिमहरूलाई विहान १०ः०० वजे खेल मैदान परिसरमा प्रवेश गर्न आयोजकले अनुरोध गरेको छ । ऊद्घाटन खेल आयोजक एफसी धरान ब्ल्याकको विरूद्धमा एभरेष्ट एफसीले प्रतिस्पर्धा गर्नेछ ।

खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र गोल नेपाल डटकमले गर्नेछ । खेलको विजेताले दुईलाख ५२ हजार ५२५ येन नगद, ट्रफि तथा उपविजेताले एकलाख ५१ हजार ५१५ येन, ट्रिफि हात पार्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.