राजनीति

आइतबार सुखद समाचार सुन्न पाइने !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी एकताका लागि दुबै पक्षका प्रभावशाली नेताहरुको प्रयासले अझै सार्थकता पाउन सकेको छैन । शुक्रबार सहमतिको बुँदा तयार भएको र शनिबार सार्वजनिक गरिने बताइए पनि शनिबार बैठक बस्नै सकस भयो भने केही छिन बसेको बैठकले कुनै सहमति गरेन ।

आज सहमति गर्ने तयारी असफल भए पनि भोलि आइतबारसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि आइतबार सुखद समाचार सुन्न पाइने बताउनुभयो ।

लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरे पनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button