स्वास्थ्य

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण एक्स–रे मेसिन प्रयोगविहीन भएको छ ।

झन्डै छ वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एक्स–रे मेसिन सञ्चालन गर्ने दक्ष प्राविधिक जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

स्वास्थ्य चौकीमा रहेको एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामीहरुले निजी स्वास्थ्य संस्थामा चर्को शुःल्क तिर्न बाध्य छन् ।

“एक्स–रे मेसिनमा प्रिन्ट गर्ने मेसिन जडान गर्नुपर्नेमा त्यो थिएन, गत वर्ष मात्रै खरिद गरेर ल्याएका छौँ” स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “डार्क रुमको व्यवस्थापन गर्न लागेका छौँ, सेवा सञ्चालनका लागि ‘रेडियोलोजिष्ट’नै चाहिन्छ ।”

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले एक्स–रे मेसिन सञ्चालन गर्नका लागि नायब सुब्बा स्तरको रेडियोलोजिष्ट दक्ष प्राविधिक जनशक्ति चाहिने उहाँले बताउनुभयो ।

“स्थानीय स्तरबाट व्यवस्थापन गर्नुपर्ने हो”, उहाँले भन्नुभयो, “त्यो गर्न सकेका छैनौँ जनशक्ति अभावले सेवा सञ्चालनमा ढिलाइ भएको छ ।”

यसै गरी, स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड मेसिन भए पनि त्यो पनि दक्ष जनशक्तिकै अभावमा पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।

स्वास्थ्य चौकीमा नगरपालिकाले चिकित्सकीय सेवा भने सञ्चालन गर्दै आएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट तलबको व्यवस्था गरी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.