प्रबास

कोरोना संक्रमणबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट अहिलेसम्म विदेशमा रहेका १ सय ८९ जना नेपालीको मृत्यु भएको छ भने बितेका सात दिनमा मात्रै २८ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.