राजनीति

संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

सरकारले संघीय संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १६ गतेदेखि दुवै संसद्‌का चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

चालु अधिवेशनबाट वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयकसमेत पारित तथा प्रमाणीकरण भएका छन्।

प्रतिनिधि सभामा हाल दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.