अर्थ

एक हजार पाँच सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.