बिचार

कांग्रेस सात गुटमा, कसले कसलाई हराउने ?

जो मजा कांग्रेस हुनुमा छ, त्यो मजा अन्त अर्थात् रास्वपाको दुईतिहाइभित्रकै मन्त्री हुनुमानि छैन । सुर्खेत कांग्रेसको जिल्ला अधिवेशन ४ गतेबाट चल्या हो, ऐलेसम्म २ नं. क्षेत्रको महाधिवेशन प्रतिनिधि छनोट चुनाव चल्या चल्यैछ ।

२ नं. क्षेत्रका कोही नेता सुर्खेतमै बस्दाबस्दै बिना चुनाव र बिना चयन नेताको आडाँ ‘मलाई महाधिवेशन प्रतिनिधि बनाएकोमा क्षेत्रीय प्रतिनिधिलाई कृतज्ञता’ ज्ञापन गर्दैछन् भने केही अझै पनि ‘मेरो सट्टा यल्लाई प्रतिनिधि बनाई दिनुपर्‍यो’ भनेर अनुनय–विनय गर्या स्ट्याटस हाल्न बाध्य छन् ।

खासमा गगन थापाको सुध्र्या कांग्रेसको चालामाला किन यस्तो भा हो, बिचरा सोझासाझा कांग्रेसीहरू बुझ्न नसकेर रनभुल्लमा छन्।

क्षेत्रीय प्रतिनिधि भएर जुँगा मुसार्दै वीरेन्द्रनगराट बाबियाचौर पुगेका केही क्षेत्रीय प्रतिनिधिहरू भने गोेडा दस–एक दिन बाबियाचौरमा बसेर करिब आधा लाख रुपैयाँ उडाउँदा पनि नेताले चुनावै हुन नदेर भोट हाल्न नपाउँदा पनि वास्तवमा अन्तिम परिणाम के आयो त भन्ने पनि नबुझेर रनभुल्लमा छन् ।

१० दिनसम्म कार्यकर्तालाई पेलेर आफ्ना मान्छेलाई मात्रै महाधिवेशन प्रतिनिधि ल्याउँछु भनेर कम्मर कसे पनि बिचरा नेता सुर्खेताँ केही गरि मिलाउन नसकेपछि गगनकै छत्रछायाँ बसेर लिस्ट बुझाउने कसरताँ छन्। तर पनि कार्यकर्तालाई सन्त्याउनै गाह्रो भा जस्ता कुरा सामाजिक सञ्जालाँ देख्न–सुन्न पाइयाछ ।

यो सुध्र्या कांग्रेस भन्या त गजबको पो हुँदो रैछ त ! भन्ने बेला, लोकतान्त्रिक, प्रजातान्त्रिक, राजतान्त्रिक अर्थात् भएजति सबै तान्त्रिक पार्टी रे, तर तोकिया मितिमा तोकियजति क्षेत्रको चुनाव नगरेर आफूलाई जे–जे स्वाद लाग्छ त्यै–त्यै चुनाव गरेर केन्द्रीय चुनावाँ भनौँ कि महाधिवेशनाँ भाग लिन गए नि हुँदो रैछ !

कार्यकर्ता नि कस्ता लम्पट हुन्, के आफ्नाे मन पर्या नेता भएछि त उल्ले जे–जे गरे नि र जे–जे भने नि नाइँ–नास्ति नहुने । हिजोसम्म दुईटा गुट देख्खिया सुर्खेताँ ऐले एउटै गुटभित्र ४ गुट र अर्को गुटभित्र ३ गुट देख्खिएछि सुर्खेत कांग्रेस सम्हालिन नसकेर भुइँभरि, बाटोभरि, नेता घरभरि, जताततै छताछुल्ल पो भाछन् त !

अनि फेरि यिनै छताछुल्ल भाका कांग्रेसले ऐले दुईतिहाइ ल्याएर सरकार चलाएर दुनियाँ काँधमाथि चढ्दै मनलाग्दी गर्दै हिँड्या रास्वपालाई स्थानीय चुनावाँ तहलाईन्छ भन्या सुन्दा अचम्मै लाएर आउँछ ।

मिल्न र मिलाउन नसकेर आफ्नै घरभरि लथालिङ्ग र छताछुल्ल भा बेला दुईतिहाइ ल्याकालाई कसरी तह लाउने रैछन कुन्नि । यिनरको यो नौटंकी हेर्दा त हिजोसम्म कांग्रेसको गढ भन्या ठाउँ नि अर्का हाताँ जान्छ कि जस्तो भै सक्या छ ।

आमचुनाव र स्थानीय चुनावाँ समेत दागा राखि–राखि अन्तरघातमा उत्रिने गर्या कांग्रेसहरू हिजोसम्म दुई गुटाँ अन्तर्घात गर्थे, कल्ले कस्का विरुद्ध खेलखेल्याे भन्ने था हुन्थ्यो। यो पटक त सातोटा गुट भएछन्।

अब यो बनिसक्या गुट घट्ने भन्ने कुरा छैन। त्यसैले कस्ले कस्कन विरुद्ध अन्तर्घात गर्याे भन्ने नि था नहुने भएछि त अन्तर्घात गर्ने लाई निस्फिक्री नै हुने भो।

हिजोसम्मका पुराना र रूढीवादी नेताले गुटबन्दी गरेर पार्टी बिगारे भन्थे क्यारे, अब नयाँ आएका युवाहरूले झन् २ गुटबाट ७ गुट बनाएछन्। पार्टी कसरी सपार्ने हुन्, यसपटकको जिल्ला अधिवेशनाँ छर्लङ्गै देखियो ।

गोेडा दुई–तीन दिनपछि अर्को परिणाम आउला, त्यल्ले नि देखाउला अनि आउने फागुनको चुनावले त झन् ऐनै लाएर हेर्न नपर्ने गरी देखाउने होला। ठिकै छ।

यिनरका हाताँ पार्टी रहुन्जेल तिन्का चम्चालाई कसरी नचाउँदा रैछन, नचाइरहुन्। कुनै न कुनै दिन पार्टीयाँ राम्रो नेता जन्मलान् नि, त्यसपछि पार्टी सुध्रेको हेर्ने पर्खाइमा छम् हामी । के त्यो दिन कैल्यै नआउला र यो पार्टीभित्र ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.