विश्वकप विजेता रहिसकेको इटाली युरोकप २०२० को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटालीले विश्वविजेता स्पेनलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
सुरुमा इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका भए पनि त्यसको फाइदा स्पेनले लिन सकेन । पेनाल्टीमा स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा इटाली ४-२ ले विजयी भयो । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।
त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।
इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पुर्याएको छ ।
विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ ।





प्रतिक्रिया राख्नुहोस्